Public Pana
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ । 


सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए । 


पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 


उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुराएकोथियो। राति १० बजेपछि स्वास्थ्य चौकी पुराए लगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए । 


नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको छ ।


घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी केसीले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update