Public Pana
चिनीको मूल्य प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी लिए कारबाहि गर्ने वाणिज्य आपूर्ति विभागको चेतावनी

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनीको मूल्य किलोको ११५ रुपैयाँभन्दा बढी लिएमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेको छ ।


वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई आग्रह गरेका छन् ।


मारमा पार्ने व्यवसायीलाई कारबाहि गर्ने चेतावनी समेत विभागले दिएको छ ।


काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।


उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार र्संघले जनाएको छ ।

संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले बुधबार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको जानकारी दिए ।


हिजो बिहीबार ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उनले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका संघका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।


बजारमा चिनीको अभाव भएपछि चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।


विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार संघले चिनी बिक्री गर्न थालेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update