Public Pana
सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।


हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।सो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो ।


यस्तै तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।


यता चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update