Public Pana
आज काठमाडौंको बागमती सहित ३ प्रदेशमा वर्षा 
सांकेतिक तस्बिर

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


आज शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी , बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


आज राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update