Public Pana
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ ।

पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । 


भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको  अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् । 


राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए ।

अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समथैन गरेकी थिइन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update