Public Pana
नेपालमा २ करोड १९ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता 

नेपालमा मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० भदौको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको हो ।


साउनको तुलनामा भदौमा मोबाइल बैंकिङको प्रयोगकर्ता २ लाख ६६ हजार २१८ जनाले बढेको छ ।

साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १६ लाख ९१ हजार ४७४ रहेकोमा भदौमा २ करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ ।

मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या बढेको देखिए पनि कारोबार रकम भने थोरैले घटेको देखिन्छ। साउनमा २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएकोमा भदौमा २ खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ ।

तर साउनको तुलनामा भदौमा मोबाइल बैंकिङ मार्फत हुने कारोबार संख्या भने बढेको देखिन्छ। साउनमा २ करोड २२ लाख ५ हजार ९४७ पटक कारोबार भएमा भदौमा २ करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको छ ।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ । साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update