Public Pana
सुनको मूल्यमा नयाँ रेकर्ड  : एक लाख १३ हजार सात सय रुपैयाँ

नेपालमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।


आज बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ।

जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। त्यसयता घटेको मूल्य फेरि बढ्न थालेको हो ।


हिजो बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो।
बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको  नेपाल

सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 


इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन् ।  


आज चाँदीको भाउ एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update