Public Pana
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक 

मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार शतक प्रहार गरेका छन् ।


मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरे ।


उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।


आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update