Public Pana
आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्

बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । 

आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update