Public Pana
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको  ।

गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।


गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो।

 

२१ जना घाइते बनेका थिए। यस्तै ६ हजार ४  सय ८४ घरमा आंशिक क्षति पुगेको थियो । 

३ हजार ५ सय २४  घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । 
उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ।

 १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ । 


अझै क्षतिको तथ्यांक संकलनको काम जारी रहेको र केही तथ्यांक संकलन भएर प्रशासनका आइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।


त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका १७ परकम्प गएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update