Public Pana
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे

बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् ।


काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


घटस्थापना पछि ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४ जनाले उपत्यका छाडेका थिए । तर, बुधवारबाट उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । 


चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । लामो दुरीको बसमा दुईजना चालक राख्ने नियम पालनामा कडाइ गरिएको एसएसपी भट्टले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update