Public Pana
एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै

मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा आज साउदी अरेबियासँग प्रतिस्पर्धा गदैछ ।


खेल युएसडी–युकेएम ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।


यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईरदुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।


यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।


हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।


त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
समूह ए को विजेताले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ ।


समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ ।
जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ ।


यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् ।


मलेसिया जानुअघि नै नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update