Public Pana
आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र देशका पहाडी क्षेत्रमा हल्का वर्षा : आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  


आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 


आज राति भने  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update