Public Pana
यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी, रोहितको अर्धशतक

यूएई र हङकङसहितको त्रिदेशीय क्रिकेट शृंखलामा नेपालले विजयी शुरूआत गरेको छ ।


मूलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा कप्तान रोहित पौडेलको अर्धशतको मद्दतमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।


नेपालको जीतमा कप्तान रोहित पौडेलले सर्वाधिक ५१, दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रनको योगदान गरे ।


आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले यूएई र हङकङसँग त्रिदेशीय सिरिज खेलेको हो ।


विश्वकप छनोट दुई सातापछि काठमाडौंमै शुरू हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update