Public Pana
कोशीमा सहमतिको सरकार बन्ने माओवादीको भनाई

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।


मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता आङ्बोले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् ।


‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने ।


मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update