Public Pana
यूएई विरुद्धको खेलमा नेपालले पायो १४१ रनको लक्ष्य

त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो ।

यूएईका लागि बासिल हमिदले ५१ रन तथा अली नासरले ३२ रनको योगदान गरे । कप्तान मुहम्मद वासिम १७, आसिफ खान १५, आलिसान शाराफु ६ रन तथा मोहम्मद फराजुदिन र खालिद शाह शून्य रनमा आउट भए ।

नेपालका लागि करण केसीले ३, गुल्सन झाले २ विकेट तथा अविनाश बोहरा र सोमपाल कामीले १(१ विकेट लिए ।

आजको खेलमा सन्दीप लामिछाने छैनन । उनको ठाँउमा मौसम ढकालले खेलेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update