Public Pana
निगमका सबै जहाज सञ्चालनमा -सूचना सहित

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् ।


प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् ।


२९ असोजदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमले जनाएको छ ।


अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना समेत गरेको छ । आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको जनाएको छ ।


यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिएको समेत निगमले जनाएको छ ।

notice ana1697620214.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update