Public Pana
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति

त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।

त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।


जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update