Public Pana
संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा

कोशी प्रदेश जनता समाजवादी पार्टी संसदीय दलकी नेता निर्मला लिम्बुले संघीयता बचाउन आफ्नो पार्टीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन् । 


बुधबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा बोल्दै उनले कार्कीलाई बधाई र शुभकामना दिँदै गठबन्धनका तर्फबाट जसपाले पनि विश्वासको मत दिने निर्णय गरेको बताइन् । 


सत्ताको खेल मात्र गरेर जिम्मेवारबाट टाढा बस्न हामीलाई छुट छैन। वार्ता र संवादबाट समस्या समाधान हुन्छ। प्रदेश नामांकनको विषय वार्ताबाट टुंगो लगाउनुपर्छ ।

स्थायी प्रदेश सरकार निर्माण गरौँ, यस प्रदेशलाई आवश्यक छ । त्यसले मात्र जनताको समस्या समाधान गर्न सक्छ। नमांकनको विषयमा उठेको आन्दोलन यथावत् छ ।

अब बन्ने सरकार अत्यन्त जिम्मेवार भएर यो समस्या समाधान गर्छ।


यो अस्तित्वसँग जोडिएको पहिचानको विषय प्रमुख थियो ।


एमालेले समर्थनको मर्मविपरीत हामीसँग प्रदेश नामांकन गर्ने विषयमा छलफलको समयको कुरै छाडौँ, कुनै पनि दलको हैसियतसम्म पनि नदिईकन नामांकन गर्यो । 


त्यसैगरी नामांकन गरेपछि पनि सदन र सरकारमा पटकपटक सभ्यताका आधारमा नामांकन गर्न कोशी प्रदेश नाम खारेज गरेर नामांकन सच्याएर जानुपर्ने कुरा राख्दाराख्दै न कुनै सुनुवाइ भयो, न वार्ता कमिटी नै बन्यो ।


सिंगो प्रदेशको समस्या समाधान गर्न संघीयताको मर्मविपरीत प्रदेशको नाम राखेकै कारण आन्दोलन भयो। एकजना सहिद हुनुभयो ।


संविधानको अन्तिम धारा पाचौमा बोल्दा फेरि पनि त्यही कुरा बोलनुपर्दा  प्रदेशले जनताको इच्छा चाहनाविपरीत कुनै काम गर्नु हुँदैन। जनता असन्तुष्ट छन् । 


जनतालाई हामी सांसदप्रति आक्रोशित र घृणित हामीले बनाएका छौँ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update