Public Pana
कोशी प्रदेश अस्थिरताको कारण एमाले नै रहेको एकीकृत समाजवादीको टिप्पणी

कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टी दलका नेता राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन् ।


उनले एमालेकै कारण कोशी प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए ।


आज बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताए ।


‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ?’ नेता राईले प्रश्न गर्दै भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने, तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पुर्याउन सकेन । जम्मा ३९ सांसल लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो ।’
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update