Public Pana
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो
फाइल तस्बिर

द्रुतमार्गको प्याकेज ६ बाट चाइना फर्स्ट हाइवे कम्पनी बाहिरिने प्रक्रियामा पुगेको छ ।केज ६ का लागि सेनाले ग्लोबल टेन्डर आह्वानबाट चाइना फर्स्ट हाइवे कम्पनी छनौट भएको थियो ।

तर उक्त कम्पनीविरुद्ध अदालतमा उजुरी परेको थियो । अहिले चाइना फर्स्ट हाइवे कम्पनी नै बाहिरीने प्रक्रियामा रहेको हो ।

कम्पनीले राखेको धरौटी फिर्ताको क्रममा रहेको काठमाडौं तराई (मधेश) द्रुतमार्ग आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार त्यो प्रक्रिया केही दिनमा टुंगिने छ ।


चाइना फर्स्ट हाइवे कम्पनी विवादमा पर्नुको कारण यो कम्पनी मूल ठेकेदार नेपाली सेनाले प्राविधिक रुपमा अस्वीकार गरेको कम्पनी हो । 


सेनाले गत जेठ १८ मा केटीएफटी-आईसीबी-वक्र्स-आरएन्डबी-०७८-०७९-६ नम्बरको ठेक्का आह्वान गरेको थियो ।


त्यसमा एम÷एस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प लि चाइना, एम-एस अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डिया, एम÷एस पोली चांग्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना, एम-एस कोभेक–सीआरईजीसी ज्वाइन्ट भेन्चर, (चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लि), चाइना रेलवे नं.२ इन्जिनियरिङ ग्रुप क.लि चाइना, एम-एस सिनोहाइड्रो–पीसीसीडी जेभी, सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, पावरचाइना चेंग्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइना प्रस्ताव हाल्न छनोट थिए ।


तर चाइना फर्स्ट हाइवे कम्पनीले ठेक्का पाएपछि अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डिया सर्वोच्च गएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update