Public Pana
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री केदार कार्की 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् ।

आज बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।


संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागे ।

सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।


९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।

६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update