Public Pana
नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाल फर्कने क्रममा भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । ने

पाल सरकारको समन्वयमा भारतको स्पाइसजेट एअरलायन्सबाट उनीहरु नयाँ दिल्ली आइपुगेको भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले बताए ।


पब्लिकपानासँग कुर गर्दै उनले भारतले स्पाइसजेटमार्फत २ सय ८६ जना आफ्ना नागरिकसहित १८ नेपालीलाई गएराति दिल्ली ल्याएको हो ।


राजदूत शर्माले भने ‘अपरेसनविजय अन्तर्गत आफ्ना नागरिकसँगै १८ जना नेपालीलाई पनि इजरायलबाट ल्याएको हो, उहाँहरुलाई नेपाल जाने यातायातको व्यवस्था गरेका छौ ।’ 


दिल्लीस्थित नेपाली दूतावासका अनुसार ७ जना रिजर्भ बसबाट कञ्चनपुरतिर लागेका छन् भने ८ जना काठमाडौंका लागि हिँडेका छन् ।


बाँकी ३ जना आफ्नै तरिकाले नेपाल जाने गरी दूतावासबाट हिँडेको दूतावासले जनाएको छ ।


इजरायलबाट भारत हुँदै फर्कनेहरुमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसा इजरायल पुगेका व्यक्ति छन् । उनीहरु सडक मार्ग हुँदै गौरीफन्टा नाकाबाट नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यसअघि नेपाल सरकारले इजरायलबाट २५३ जना नेपालीलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइसकेको छ ।

इजरायलमा हमासको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरुको सरकारले उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ ।


हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

इजरायलमै रहेका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको खोजीका लागि कूटनीतिक पहलसमेत भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update