Public Pana
चालु आर्थिक वर्षको दुई महिनामा ६ अर्ब ६९ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात घट्दो क्रममा देखिएको छ । 


चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दुई महिनामा ६ अर्ब ६९ करोड २० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।


गत आर्थिक वर्ष २०७९-८० को सोही अवधिमा ८ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात १ अर्ब ७२ करोड ४३ लाख रुपैयाँ आर्थत २०.५ प्रतिशतले घटेको छ ।


चालु आवको भदौ मसान्तसम्म भारतबाट १ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ ।


चीनबाट चालु आवको भदौ मसान्तसम्म ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ ।


अन्य मुलुकबाट चालु आवको भदौ मसान्तसम्म २० करोड ४२ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update