Public Pana
कार्कीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

कोशी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको कांग्रेस सांसद भीम पराजुलीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीसमेत सहभागी थिए ।


कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदैछन् ।


नेकपा (एमाले)का ३९ र कांग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसबाट पार्टीको संस्थापन पक्ष रुष्ट भए पनि आज फेरि संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ । 


कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलले विश्वासको मत दिने सम्भावना रहेको छ । यद्यपि, एमालेले पनि आधिकारिक रुपमै दिने निर्णय गरेको छ ।


राप्रपा विपक्षमा बस्ने निर्णय भएको संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update