Public Pana
मौसम पूर्वानुमान :  कतै वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
सांकेतिक तस्बिर

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले आज बुधबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 


आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 


देशका पहाडी भूभागका थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


आज राति देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update