Public Pana
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । 


अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ ।

उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । 


कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update