Public Pana
लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश

फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध जित निकालेको छ । 

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो ।


यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गरे। उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् ।


यो खेलमा जित निकालेसँगै नेपालले समूह एचमा स्थानमा बनाएको छ। समूह एचमा युएइ, बहराइन छन् ।


उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबिचको विजेता रहनेछन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update