Public Pana
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । 

आज मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ’कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । 
उनलाई वार्डमा भर्ना गरिएको छ ।


 डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update