Public Pana
तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल 

सरकारले काठमाडौंका केही पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ ।

काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो । 

आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए । 


सोही अनुसार दिउँसो काठमाडौंका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टले जानकारी दिए । उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको उनले बताए ।


वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पम्पहरूमा अनुगमन गरेको हो । 


हिजो सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले हिजो बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update