Public Pana
लाओसविरुद्ध नेपालको अग्रता

फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले अग्रता लिएको छ। लाओसविरुद्धको खेलमा नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएको हो । 


उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् ।


यसअघि पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ हुन सकेको थिएन । 


यो खेलको विजेताले दोस्रो चरणमा समूह एचमा स्थान बनाउने छ ।

समूह एचमा युएइ, बहराइन छन् ।


उनीहरू रहेको समुहमा पहिलो चरणको यमन र श्रीलंका बिचको विजेता रहनेछन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update