Public Pana
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्धारा इजरायली दूतावासबाहिर प्रदर्शन 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ ।


काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले आज मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । 


प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन् ।


दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो ।

त्यसपछि इजरायलले हमासविरुद्ध युद्ध घोषणा गरेको छ र गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update