Public Pana
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित

साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ ।


सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनिषा कोइरालाले ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वतीसम्मान’ साहित्यकारहरू डा. विष्णुविभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायणगोपाल संगीतसम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन् ।


उक्त अवसरमा मनिषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत् प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन् ।


कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा गरे । 


कार्यक्रममा प्रा.डा. उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविताकृति ‘व्यङ्ग्यधाम’को विमोचन गरियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update