Public Pana
रेमिट्यान्समा २ महिनामा  २२.१ प्रतिशतल वृद्धि 


रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 


साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो । 


अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।


दुई महिनामा  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।


त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।

यो वृद्धिले नेपालसँग अब १ वर्ष भन्दा बढिको वस्तु खरिद गर्न सक्ने बैदेशिक मुद्रा थुप्रिएको छ । 


आर्थिक वर्ष २०८०-८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update