Public Pana
एनआरएनहरुलाई नागरिकता दिनु राष्ट्रघाती भएको प्रभु साहको आरोप
फाइल फोटो

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपाली नागरिकता वितरण राष्ट्रघाती कार्य भएको सरकारलाई आरोप लगाएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र उपाध्यलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेलगत्तै प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष साहल टिप्पणी गर्दै ‘दुनियाँमा कहीँ नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने पक्का छ’, सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हाला मच्चाएर आज ठूलो राष्ट्रघाती कार्य हुँदै छ ।’ 


गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । 


गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरूको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजान बाटो खुल्ने दाबी उनले गरेका छन् । 


यसको विरोध गर्दै आन्दोलनमा उत्रने साहले चेतावनी समेत दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update