Public Pana
नेपाल टेलिकमले प्रहरीसँग मिलेर शुरु गर्यो एनटि भेहिकल स्टीकर क्याम्पियन

नेपालीहरुको महान चाड दशै लगायतलाई लक्षित  गरि काठमाण्डौबाट बिहिरिने यात्रुहरुका लागि सुरक्षित यात्रामा सचेतना फैलाउने उद्देश्यले विशेष अभियान संचालन गरिएको छ ।

नेपाल टेलिकम र मैनादेवी फाउण्डेसको आयोजनामा बडादशैं, तिहार र छठ पर्वको अवसर पारेर काठमाडौ‌ंबाट बाहिर जाने यात्रुहरुको सुरक्षित यात्राको लागि सचेतना फैलाउने उद्देश्यले शनिवारदेखी एनटि भेहिकल स्टीकर क्याम्पियन शुरु गरिएको हो ।NT Vechile 21697526689.jpg

मुख्यतः नेपाल टेलिकमले सहयोग गरेको उक्त अभियानमा नेपाल प्रहरी र नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघको सहकार्य  छ ।NT vechile 31697526692.jpg

काठमाण्डौबाट बाहिरिने यात्रुबाहक बसहरुमा काठमाण्डौ प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक भुपेन्द्र खत्री लगायतका प्रहरीका अधिकारीले स्टीकर टाँसेर उक्त अभियानको  शुरुवात गरेका हुन ।NT vechile 41697526691.jpg

उक्त अभियान अन्र्तगत दशै जस्ता ठुला चाडपर्वमा सवारी यात्रलाई सुरक्षित र व्यवस्थित गर्नुका साथै चालकहरुबाट हुन सक्ने लार्पवाहीलाई नियन्त्रण गर्न प्रहरीले आवश्य समन्वय गर्ने छ ।NT vechile 51697526698.jpg

चालकले गर्ने सानो लार्पवाहीले ठुलो दुर्घटना हुने भएकाले सवारी यात्रालाई सुरक्षित बनाउन यो अभियान शुरु गरिएको एसएसपी भूपेन्द्र खत्रीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update