Public Pana
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता 

आजदेखि गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता दिइने भएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने कार्यको शुभारम्भ गर्दैछन् ।


उक्त शुभारम्भ कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ८ बजे शुरू हुने भनेपनि प्रधानमन्त्री प्रचण्ड धनगढीबाट आउन ढीला भएकाले आज आइपुग्ने वित्तिकै नागरिकता दिइने  छ ।

पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् ।

आचार्यले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update