Public Pana
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने

यो दशैं बिदामा पनि केही निश्चित सेवाका लागि सर्वोच्च सहित सबै तहका अदालत खुला रहने भएका छन् ।


बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू बिहान १० बजे नै उपस्थित हुनेछन् ।


सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत तयार गरेको छ । जसअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।


त्यसैगरी असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।

त्यस्तै, कात्तिक २ गते न्यायाधीश मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदीले रिट सुनुवाई गर्नेछन् ।


कात्तिक ४ गते शनिवार भने अदालत बन्द रहनेछ ।


कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतले रिट सुनुवाई गर्नेछन् ।


कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।


यस्तै, कात्तिक ८ गते हरिप्रसाद फुयाँल ९ गते कुमार रेग्मी, १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।

कात्तिक ११ गते शनिबार अदालत बन्द रहने र आइतबारबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update