Public Pana
हिलाम्बे दशैं : तेश्रो दिन आज देशभर वर्षा
सांकेतिक तस्बिर

हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ ।


आज मंगलबार दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update