Public Pana
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहो¥याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन् । 


कैलालीमा आयोजित एक कार्यक्रममा उनले कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि कांग्रेसको एकजना मात्रै मन्त्री बनाउने केन्द्रमा सहमति भएको भएपनि एमालेलाई पनि मन्त्री दिएको भन्दै चलखेल भएको बताएका हुन् ।  


‘एमालेले गरेको चलखेल त रोकियो भनेको हिजो फेरि अर्को चलखेल भयो । हामीले भनेका थियौं, नेपाली कांग्रेसको एकजनामात्रै मन्त्री बनाउने भनेर भनेका थियौं विश्वासको मत लिनुअघि,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि त्यहाँ चलखेल भएछ । एमालेको पनि मन्त्री बनाइएछ । आज फेरि हामी त्यसलाई करेक्सन गर्दैछौं । करेक्सन त हुन्छ। यही गठबन्धनले जित्छ ।’


उनले कोशीको विवाद मिलाउन आफूहरूले केन्द्रमा दुई दिनसम्म कसरत गर्न परेको बताए ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update