Public Pana
नयाँ नोट सटहीमा भिड :  तस्बिरमा 

दसैँका लागि आजबाट नयाँ नोट सटही सुविधा सुरु भएको छ । चाडवाड लक्षित गर्दै राष्ट्र बैंकले आज (२९ असोज)बाट नयाँ नोट वितरण सुरु गरेको हो । 


राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरेको हो ।


विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने बताएको छ । 


पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।


राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोकेका छन् ।
काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।


वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।


काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिन्छ ।

note main1697452625.jpg

note-1697452665.jpg


note-11697452647.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update