Public Pana
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।


माओवादी केन्द्र कोशी प्रदेशको सोमवार बसेको बैठकले गठबन्धन कायम राख्नका लागि विश्वासको मत दिने निर्णय गरेको हो ।


माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज चक्रपाणि खनाल बलदेवले मत दिनुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको बताए । उनले  केन्द्रबाट कुनै निर्देशन भने नआएको बताए ।


मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’ उनले भने, ञभोलि केन्द्रले निर्देशन देला । गठबन्धन कायम राख्न पनि हामीले विश्वासको मत दिनुपर्ने देखिएको छ ।’


गठबन्धनको निर्णयविपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।


उनले बुधवार विश्वासको मत लिन लागेका छन् । बुधवारका लागि प्रदेशसभा बैठक समेत बोलाइएको छ ।


गठबन्धन दल माओवादीसहित कांग्रेस, नेकपा एस र जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।


प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ ।


राप्रपा भने विश्वासको मतका विषयमा मौन देखिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update