Public Pana
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ।

चाडपर्व नजिकिएसँगै बैंकहरूलाई त्रैमासिक रिपोट सार्वजनिक गर्ने समय थप गरेको हो ।


त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब केही समय थप गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।  


अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।


चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैँ बिदा परेकाले समय थप गरिएको उनीहरूको भनाई छ ।


यो सुविधा चालू आवको पहिलो त्रैमासको लागि मात्रै थपि भएको बुझिएको छ ।
bank - notice1697448709.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update