Public Pana
एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई

युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।


अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिइने बताए ।


उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागिएको डा.डाँगीले बताए ।


‘युद्धग्रस्त इजरायलबाट फर्केका व्यक्ति र उनीहरुका आफन्तलाई मानसिक समस्याले असर परेको होला । उहाँहरुको मानसपटलमा कति गहिरो प्रभाव परेको होला । त्यसलाई मध्यनजर गरेर हामीले निःशुल्क उपचार सेवा दिन लागेका हौं,’ डा. डाँगीले भने ।


अस्पतालमा इजरायलबाट फर्केका नेपाली मात्र नभई उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क सेवा दिने उनले बताए ।


उपचार सेवा दिन न्युरोसाइक्र्याटिस्ट डा.प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन् ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update