Public Pana
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा 
फाइल तस्बिर

ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने करिब १०० जना अर्थात ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । 


सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । 


अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट पनि जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए । 


अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update