Public Pana
फेरी गयो, सुदूरपश्चिममा भूकम्प 

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  


भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । 

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update