Public Pana
आजको मौसम : पश्चिमी क्षेत्रमा चट्याङसहित वर्षा हुने, कतै हिमपातको सम्भावना
सांकेतिक तस्बिर

आज दिउँसो देशका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षा सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


यस्तै राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । 


यसैगरी सुदूरपश्चिम र लुम्बिनीका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update