Public Pana
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई
अस्पताल पुर्याउने डा.हरुको टोलीसँगै बिरामी

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेडाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ ।


श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ । 


उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले ’मेडिकल स्कर्टिङ’ गरेका थिए ।


श्री एयरलाइन्सका  प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो ।


आज बिहान (राती) १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update