Public Pana
मनसुन बाहिरिदै, आज केही स्थानमा मात्र मध्यम वर्षाको सम्भावना
सांकेतिक तस्बिर

लुम्बिनी र गण्डकी प्रदेशबाट पनि मनसुन बाहिरिएको छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार शनिबार ती दुई प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको हो ।


यसअघि सुदूर–पश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनीप्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको थियो ।


नेपालको बाँकी भू–भागबाट भने केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।


आज घटस्थानपनको दिन आइतबार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update