Public Pana
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति 

विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ । 


सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । 


संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित सम्बाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो । 


सहमति पत्रमा मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् । 
स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए ।


सरकार र स्थानीय तहका कर्मचारीबीचको सहमति हेरौं - :

sahamati karmachari1697332878.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update